१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सुबिसुकाे दशैं, तिहार अफरः इन्टरनेट वा क्लियर टिभी सेवा मात्र ९९ रूपैयाँमा


१ असोज, काठमाडाैँ । इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले नेपालीहरुको महान चाड बडा दशैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रूपैयाँमा इन्टरनेट वा क्लियर टिभि सेवा प्रदान गर्ने भएको छ । चाडलाई उपभोक्ताहरुले हर्षोउल्हासका साथ मनाउनका साथै इन्टरनेटको माध्यम बाट सर्वसुलभ मूल्यमा एकआपसमा खुसी साट्न पाउन भन्ने उद्देश्यले न्युनतम मूल्यमा यो सेवा बजारमा ल्याएको सुबिसुले जनाएको छ ।

यस प्याकेज अन्तर्गत ग्रहाकहरुले मात्र रु. ९९ (कर सहित) मा एक महिनाको लागि ३० एमबिपिएस इन्टरनेट सेवा अथवा सोहि मूल्यमा क्लियर टिभि प्रिमियम प्याकेज प्राप्त गर्न सक्नेछन । जसमा ७५ भन्दा बढी एच. डी च्यनलहरु सहित २७५ भन्दा बढी डिजिटल च्यनलहरु रहेका छन् । सुबिसुका अनुसार १९८ रूपैयाँ (कर सहित) मा ग्रहाकहरुले इन्टरनेट र क्लियर टिभि कम्बो प्याकेज सेवा प्राप्त गर्न सक्नेछन ।

जसमा २५ एमबिपिएस इन्टरनेट र क्लियर टिभि प्रिमियम प्याकेज रहनेछ । सेवाहरु सीमित अवधिका लागि मात्र रहेको र शर्तहरू लागू हुने सुबिसुले जनाएको छ । सुबिसु नेपालको एक अग्रणी केबल टेलिभिजन र इन्टरनेट सेवा प्रदाय संस्था हो ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार १३:११