१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

पर्यटनमन्त्रीको निर्देशन अनुसार नेपाल एयरलाइन्समा ५० प्रतिशत छुट लागू, निजीले धोति लगाए


१ असोज, काठमाडाैँ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईको निर्देशन अनुसार नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिन सुरू गरेको छ । एयरलाइन्सका सहप्रवक्ता सुलेख मिश्रका अनुसार अाजैबाट भाडामा ५० प्रतिशत छुट लागू भएको छ ।

मन्त्री निर्देशन निजी वायुसेवा कम्पनीहरूले धोति लगाएपछि नेपाल एयरलाइन्समा सुरूवात गराइएको हो । पर्यटन मन्त्रालय स्रोतका अनुसार नेपाल एयरलाइन्सले छुट दिएपछि अरूलाइ पनि दबाब हुने अनुमान गरिएको छ । यद्यपी निजी वायु सेवा कम्पनीहरूको संघले विज्ञप्ति नै निकालेर मन्त्रीको निर्देशन कार्यान्वयन गर्न नसकिने बताइसकेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार १२:१०