१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

संविधन दिवस विशेष बनाउन सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले ‘सारङ्गीमा देश’ प्रस्तुत गर्ने


१ असोज, काठमाडाैँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर सारङ्गीको आर्केष्टा ‘सारङ्गीमा देश’ प्रस्तुत गर्ने भएको छ । कलाकार समूहले नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मौलिक नेपाली लोकधुनहरूको विशेष प्रस्तुति गर्नेछ ।

मौलिक संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका निमित्त नेपाल भ्रमण वर्ष–२०२० को सन्दर्भसमेत जोडेर आयोजना गरिने उक्त फरक शैलीको सांस्कृतिक/साङ्गीतिक कार्यक्रम असोज २ गते साँझ ५ बजे जमलस्थित सांस्कृतिक संस्थानको प्रेक्षालयमा आयोजना गरिने सङ्गीत–नाट्य प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख अशोक राईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार ११:२८