१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

भ्रमण वर्षको तयारीः पर्यटनमन्त्रीले सोल्टी होटलबाट फेसबुक पेज र वेबसाइटको उद्घाटन


१ असोज, काठमाडाैँ । नेपाल भ्रमण वर्षको लागि खासै काम गर्न नसकेको सचिवालयले झण्डै एक वर्षको बीचमा फेसबुक पेज र एउटा वेवसाइट तयार पारेको छ । गत वर्ष कात्तिकमा नेपाल भ्रमण वर्षको राष्ट्रिय संयोजकमा सरकारले गाडी व्यापारी सुरज वैद्यलाइ नियुक्त गरेको थियो । त्यसपछि भ्रमण वर्षका लागि भनेर अायोजना गरिएका कति कार्यक्रममा सहभागी नै नभइ हिँडिरहेका वैद्यको टिमले १० महिनाको बीचमा तयार पारेको सोसल मिडिया र वेबसाइट सार्वजनिक गर्न लागेको हो ।

बुधबार दिउँसो ३ बजे काठमाडाैँको सोल्टी होटलमा भव्य कार्यक्रमको अायोजना गरिएको छ । सोही कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईले वेवसाइट र सामाजिक सञ्जालको उद्घाटान गर्ने तयारी गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनका लागि सचिवालयले खासै काम गर्न सकेको छैन । यद्यपी समाजिक सञ्जाल र वेवसाइट बन्नुलाई पनि ठूलै उपब्लधि मान्दै मन्त्रीले पाँचतारे होटलमै गएर लञ्च गर्न लागेका हुन । यसअघि नेपाल भ्रमण वर्षको लोगो रहेको झोला, पेनड्राइभ, मोबाइल स्टाण्डहरू बनाएर बितरण गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

-पर्यटन बोर्डको बजेट तयार, नेपाल भ्रमण वर्ष सफल पार्न यस्ता छन कार्यक्रम

-नेपाल भ्रमण वर्ष २०२० सफल पार्न पर्यटनमन्त्री भट्टराईलाई नाट्टाको ७ बुँदे सुझाव

-नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन पर्यटकको सुरक्षा आवश्यक

-नेपाल भ्रमण वर्ष सफल बनाउन देशभरका धामी झाँक्रीलाई काठमाडौँमा जम्मा गरिने

-नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन बेलायतले सहयोग गर्ने (दुई देशको संयुक्त विज्ञप्तिसहित)

-नेपाल पर्यटनको उत्कृष्ट गन्तव्यः प्रधानमन्त्री ओली

-भ्रमण वर्षमा अन्तर्राष्ट्रिय मिडिया समिट गर्छाैँः मन्त्री बाँस्कोटा

-पर्यटनका निम्ति ऐतिहासिक वर्ष ‘सन् २०१८’

-सुरजको आफ्नै सुर, भ्रमण वर्ष संयोजकको परिचयात्मक कार्यक्रम नै रद्द गरेर हिँडे विदेश

-काभ्रेमा विमानस्थल बनाउन छाडेर नेपाल भ्रमण वर्षमा ध्यान दिन मन्त्री भट्टराईलाई सांसदकाे सुझाव

-नेपाल भ्रमण वर्ष सफल पार्न विश्वभरका बुद्धिष्टको ध्यान नेपालमा केन्द्रीत गर्न चाहन्छाैँः अध्यक्ष पाण्डे

-गाडी व्यापारी सुरज वैद्य नेपाल भ्रमण वर्ष २०२० को संयोजकमा तीन वर्षका लागि नियुक्त

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार ०९:४४