१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही तीन लाख दिने प्रधानमन्त्री ओलीको घोषणा


७ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सम्मान गर्दै जनही नगद तीन लाख दिने घोषणा गरेका छन । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा क्रिकेट खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्री ओलीले उक्त घोषणा गरेका हुन । नामिवियामा हालै सम्पन्न आइसीसी विश्व क्रिकेट लिग प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडी र प्रशिक्षकलाई जनही तीन लाख रुपैंयाले सम्मान गर्नेे घोषणा गरेका छन ।


प्रधानमन्त्री ओलीले सरकार खेल क्षेत्रको विकासको सकारात्मक रहेको बताए । प्रधानमन्त्रीले घोषणा गरेको उक्त रकम आउँदो शुक्रबार हस्तान्तरण गरिने भएको छ । शनिबार नेपाली खेलाडी वर्ल्डकप क्वालिफायर खेलका लागि जिम्बावे प्रस्थान गर्दैछन् । उनीहरुलाई विदाई सहित रकम हस्तान्तरण गर्ने प्रधानमन्त्री ओलीले बताएका छन । सोही कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले पनि प्रति खेलाडी र प्रशिक्षकलाई एक–एक लाख दिने घोषण गरेका छन । । तस्विर ः प्रधानमन्त्रीको निजी सचिवालय

प्रकाशित मिति : ७ फाल्गुन २०७४, सोमबार १९:०२