११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारी तीब्र, चिकपाको विदेश विभाग प्रमुख ताओ आउँदै


१ असोज, काठमाडाैँ । चिनियाँ कम्युनिष्ट पार्टी (चिकपा)का विदेश विभाग प्रमुख सोङ ताओ असोज ४ मा नेपाल भ्रमणमा आउने भएका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विदेश विभागको निमन्त्रणामा विदेश विभाग प्रमुख सोङ ताओ तीन दिने नेपाल भ्रमणमा आउन लागेका हुन । सोङको भ्रमणलाइ चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीका रूपमा हेरिएको छ ।

सोङ चीन सरकार वरिष्ठ मन्त्री समेत हुन । सोङले तीन दिने नेपाल भ्रमणका क्रममा सरकारी अधिकारी र नेकपाका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उनले नेपाल भ्रमणको राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र विदेश विभाग प्रमुख माधव नेपालसँग भेटवार्ता गर्ने निश्चित भैसकेको छ ।

सोङलाइ केही पर्यटकीय क्षेत्रको समेत अवलोक गराउने विषयमा छलफल भैरहेको बुझिएको छ । यसअघि चिनियाँ विदेश मन्त्री वाङ यी केहीदिन अघिमात्र नेपाल भ्रमण सकेर स्वदेश फर्किएका थिए । चिनियाँ राष्ट्रपतिले अक्टोबर महिनामा नेपाल भ्रमण गर्ने सम्भवाना रहेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार ०७:५९