१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

नेपाल–जापान उडानलाई प्रभावकारी र दीर्घकालीन बनाउन नाट्टा र पर्यटन बोर्डको चासो


३१ भदाै, काठमाडाैँ । नेपाल एसोसिएशन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपाल वायुसेवा निगमले सुरुवात गरेको नेपाल–जापान उडानलाई प्रभावकारी र दीर्घकालीन बनाउने उपय खोजी गर्न सुरू गरेको छ । नाट्टाले मंगलबार काठमाडाैँमा सरोकारवालाको बीचमा अन्तरक्रिया गरेको छ । नेपाल वायुसेवा निगमले सुरुवात गरेको नेपाल–जापान उडानलाई प्रभावकारी र दीर्घकालीन  रुपमा सञ्चालन हुने वातावरण निर्माणका लागि सदस्य ट्राभल कम्पनी, नेपाल वायुसेवा निगम र अन्य सरोकारवालाहरुको उपस्थितिमा अन्तरक्रिया गरेको हो ।

अन्तरक्रियामा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले निगमसँग बोर्डको सम्बन्ध अझ प्रगाढ बनाउँदै पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने वताए । उनले निगमले गर्ने प्रवद्र्धनात्मक गतिविधिहरुमा पनि नविनता खोज्नुपर्नेमा र सञ्चार माध्यले सकारात्मक समाचारहरू प्रकाशन र प्रशारण गरेर सहयोग गर्नुपर्ने बताए ।

अन्तरक्रियामा नाट्टाका अध्यक्ष सि.एन पाण्डेले जापानको पर्यटन बजार नेपालका लागि अत्यन्त सम्भावनायुक्त रहेको औल्याउँदै निगमको ओसाका उडान पैसासँग मात्रै नभई मुलुकको पहिचान स्थापित गर्ने कुरासँग जोडिएको वताए । निगमले व्यवसायी र सम्बन्धित निकायहरुसँगको सहकार्य बढाउने स्पष्ट योजना निर्माण गर्नुपर्ने वताउँदै पाण्डेले व्यवसाय सुरु गर्नेवित्तिकै नाफा भइहाल्छ भन्ने कुरा सम्भावना नभएको भन्दै दीर्घकालिन योजना बनाउनुपर्ने बताए ।

नेपाल वायुसेवा निगमका कर्पोरेट डाइरेक्टर टंकनिधी दाहालले निगमको योजना वारे प्रस्तुति गर्दै यसबीचको अवस्थाले निगमको ओसाका उडान राम्रो हुने संकेत दिएको बताए । कार्यक्रममा बोल्ने टुर एण्ड ट्राभल सञ्चालकहरुले निगमको ओसाका उडानका लागि व्यवसायीहरुलाई प्याकेज दिइनुपर्ने, डिजिटल मार्केटिङ गर्नुपर्ने लगायतका सुझाव दिएका छन ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलवार २२:२२