६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

रामेछापको कृष्ण मा.वि.का लागि पूर्व विद्यार्थीले तयार पारिदिएको पुस्तकालय हस्तान्तरण


३१ भदाै, काठमाडाैँ । रामेछापको टिमुका पूर्व विद्यार्थीले बाल दिवसको सन्दर्भ पारेर विद्यालयका लागि पुस्तकालय उपहार दिएका छन । जिल्लाको श्री कृष्ण मा.विका पूर्व विद्यार्थीहरूको संस्था पूर्व विधार्थी एकता समाजको सहयोगमा तयार पारिएको पुस्तकालयमा एक कार्यक्रमकाबीच विद्यालयलाइ हस्तान्तरण गरिएको छ ।

पूर्व गृहराज्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य श्यामकुमार श्रेष्ठ ‘कुशल’को हातबाट पुस्तकालय हस्तान्तरण गरिएको हो । कार्य्रक्रममा नेकपा जिल्ला कमिटी अध्यक्ष मैनकुमार मोक्तान ‘मदन’, जिल्ला कमिटी सचिव एवं प्रदेश सभा सांसद  शान्तिप्रसाद पौडेल, खाँडादेवी गा.पा अध्यक्ष प्रेम बहादुर तामाङ र साबिक अखिल (क्रान्तिकारी)का केन्द्रीय महासचिव उत्तम अधिकारी, सचिव डि.वि साउद लगायतको विशेष उपास्थिति रहेको थियो । डेढ महिनाको छोटो तयारीमा नै खाँडादेवी गाउँपालिकामै एउटा नमुना लाईब्रेरी स्थापना गर्न सफल भएको समाजले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलवार १७:४४