१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

मोदीको जन्मदिनमा प्रधानमन्त्री ओलीले दिए एकैपटक ३ भाषामा शुभकामना


३१ भदौ, काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार ६९ वर्षको पुगेकाे अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षीलाई सामाजिक सञ्जाल ट्वीटरमार्फत जन्मदिनको बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओलीले एकैपटक तीन भाषा – अङ्ग्रेजी, हिन्दी र गुजराती भाषामा ट्वीट गर्दै जन्मदिनको शुभकामना दिएका हुन् । शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले मोदीको स्वास्थ्य जीवन र दीर्घायुको कामना गरेका छन् । साथै, उनले दुई जना मिलेर नेपाल–भारतको द्विपक्षीय सम्बन्धलाई अझै मजबुद गर्दै लैजाने आशा पनि व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलवार ११:२८