१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

ज्ञानेन्द्र शाही प्रवृतिको प्रतिवाद गर्न नेकपा अध्यक्ष प्रचण्डको अपिल


३० भदाै, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र बिरोधी ज्ञानेन्द्र शाही प्रवृतिको प्रतिवाद गर्न अपिल गरेका छन । सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पोष्टबहादुर बोगटीको पाँचाैँ स्मृति दिवसको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्र बिरोधी प्रवृति निस्तेज पार्नुपर्ने बताए । उनले अराजक तत्त्वहरुले भ्रम सिर्जना गर्दै वर्तमान व्यवस्थालाई मास्ने षड्यन्त्र गरिरहेकोले त्यसको प्रतिवादमा ढिलाइ पनि गर्न नहुने बताए ।

अध्यक्ष प्रचण्डले भने ‘केही त्यस्ता तत्त्वहरुले हत्केलाले सूर्यलाई छेक्ने जस्तो प्रयास गरिरहेका छन् । जनतामा भ्रम छरिरहेका छन् । त्यस्ताप्रति सर्तक र रहन र त्यस्ताविरुद्ध प्रतिवाद गर्नुस्,।’ उनले अब समाजवादको दिशामा अघि बढीने भन्दै त्यसैका लागि आवश्यक पर्ने वैचारिक स्पष्टता, समर्पित र अनुशासित कम्युनिष्ट पार्टी, लाखौँ–करोडौँ जनताको भरोसा जित्नसक्ने पार्टी निर्माणका पक्रियामा लागेको बताए ।

उनले जस्तासुकै समस्या समाधान गर्न सक्ने कुशलता स्वर्गीय पोष्टबहादुर वोगटीमा रहेको भन्दै जीवनभर अाफूलाइ सहयोग गरेको बताए । बोगटीको इमान्दारिताका कारण प्रिय नेता भएको बताए । उनले बोगटी श्रमजीवी वर्गको विश्वास गरेको नेताकारुपमा पनि रहेको बताए ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार १०:५२