७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

यी २४ खतरनाक एप्स जसले तपाईको मोबाईलमा भएको डाटा सजिलै चोरी गर्छन्


२८ भदाै, काठमाडौँ । केही देख्नासाथ क्लिक गरिहाल्ने बानी छ भने ख्याल गर्नुहोस् । त्यसले जीवन नै बर्बाद गर्न सक्दा । किनकी तपाईंले बोक्ने स्मार्ट फोनमा रहेका डाटा सजिलै चोरी गर्ने खतरनाक एप्लिकेसनहरु रहेको तथ्य पत्ता लागेको छ । एउटा साइबर सेक्योरिटी कम्पनीले हालै एन्ड्रोइड स्मार्टफोनमा एक मालवेयर पत्ता लगाएको हो । यसले फोनमा रहेका डाटाहरु चोली गर्ने काम गर्दछ ।

उक्त मालवेयरले २४ वटा एन्ड्रोइड एपमा आक्रमण गरेको छ । ती एपका प्रयोगकर्ता ४ लाख ७२ हजार भन्दा धेरै रहेका थिए । मालवेयरले ती एपमा आक्रमण गरेसँगै प्रयोगकर्ताका डाटा जोखिममा परेको खुलासा भएसँगै गुगलले ती एपहरुलाई प्ले स्टोरबाट हटाइदिएको छ । गुगल प्ले स्टोरमा ती एप्सलाई एक नयाँ खाले ट्रोजनबाट संक्रमित पाइएको थियो । उक्त ट्रोजन भाइरसको नाम जोकर राखिएको छ । उक्त ट्रोजले विज्ञापन देखाउने वेबसाइटसँग चुपचाप सम्पर्क गर्दछ र एप्स प्रयोगकर्ताका डाटा ती वेबसाइटसँग शेयर गर्दछ ।

एपमा छिरेको उक्त भाइरसले स्मार्टफोनमा रहेका एसएमएसका साथै फोनको कन्ट्याक्ट लिष्ट तथा डिभाइसमा रहेका अन्य खाले जानकारी तथा डाटाहरु समेत लिएर अरुलाई दिने गर्दछ । यतिमात्र होइन यसले मोबाइल फोनको आइएमइआई नम्बर तथा सिरियल नम्बर समेतको जानकारी चोरी गर्ने गर्दछ । समाचार अनुसार मोबाइलको डाटा चोर्ने संक्रमित एपहरुबाट हालसम्म विश्वका विभिन्न ३७ देशका प्रयोगकर्ता प्रभावित भएका छन् ।

यी हुन् मालवेयरले आक्रमण गरी डाटा चोरी गरिरहेका एपहरु

-Advocate Wallpaper
-Age Face
-Altar Message
-Antivirus Security — Security Scan
-Beach Camera
-Board picture editing
-Certain Wallpaper
-Climate SMS
-Collate Face Scanner
-Humour Camera
-Ignite Clean
-Leaf Face Scanner
-Mini Camera
-Print Plant scan
-Rapid Face Scanner
-Reward Clean
-Ruddy SMS
-Soby Camera
-Spark Wallpaper

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार १७:०६