१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

कतै तपाइंकाे जीवनसाथीले धाेका त दिइरहेका छैनन् ? यसरी थाहा पाउनुहाेस्


हामी कसैसँग सम्बन्ध गाँस्दा जुगौंसम्म कायम रहोस् भन्ने कामना गर्छौं । खासगरी जीवनसाथीको सन्दर्भमा । आफुले श्रीमती बनाएर भित्र्याएका महिला होस् वा श्रीमान् स्विकारेका पुरुष हुन्, हमेसा साथ दिने वाचा गर्छौं । यो जुनी मात्र होइन, अर्को जुनीमा पनि एकअर्काको साथ रहोस् भन्ने आकंक्षा राख्छौं ।

जब हामी कसैसँग दाम्पत्य सम्बन्ध गाँस्न पुग्छौं, जीवनभर एकअर्काको माया र भरोसामा बाँच्न पाइयोस् भन्ने चाहन्छौं । हुनपनि माया र भरोसामै दाम्पत्य जीवन टिकेको हुन्छ । एकअर्काप्रति अघात प्रेम र दरिलो भरोसा नै दाम्पत्य सम्बन्धको कडी हो ।

केही यस्ता संकेत छन्, जसले आफ्ना जीवनसाथीको मनोदसा बुझ्न सकिन्छ । आफ्नो जीवनसाथीको मनस्थिती गडबड छ वा उनको व्यवहार शंकास्पद छ भन्ने कुरा थाहा पाउन सकिन्छ ।

-यदि आफ्ना पार्टनर बोलचाल गर्न त्यती रुची राखिरहेका छैनन्, अरु बेला जस्तो खुलेर बोल्ने, घर-व्यवहारको कुरा गर्ने, रमाउने गर्दैनन् भने उनमा केही गडबड छ भनेर बुझ्न सकिन्छ ।

-सामान्य अवस्थामा भन्दा फरक व्यवहार देखाउन थाले भने उनीमाथि शंका गर्नुपर्ने हुन्छ । जस्तो कि, नियमित समयमा घर नआउने, घरको खानामा रुची नराख्ने, घर-परिवारसँग हेलमेल नहुने ।

-अहिले सामाजिक सञ्जालले पनि दम्पतीबीच फाटो ल्याउने गरेकाे छ । किनभने विवाहेत्तर सम्बन्धको पछाडि सामाजिक सञ्जालको दुरुपयोग व्यापक रुपमा हुँदै आएको पाइन्छ । त्यसैले पार्टनर सामाजिक सञ्जालमै बढी मग्न भइरहे, पासवर्ड लुकाउने गरे उनको नियतमाथि शंका गर्न सकिन्छ ।

-यदि तपाईंको बारेमा पार्टनरले चासो राखिरहेका छैनन् । तपाईंको खुसीमा रमाउन र दुःखमा साथ दिन तयार छैनन् भने पनि पार्टनरको नियत गडबड छ भनेर बुझ्न सकिन्छ ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार १४:३८