१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एनआरएनए युके चुनाव: पूर्वानुमानित मत सर्वेक्षणहरुमा शेर सुनार अगाडि


२७ भदाै, लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको शनिवार हुने निर्वाचनमा अध्यक्षका प्रत्यासी शेर सुनार कम्तीमा एक हजार मतले अघि देखिएका छन् । अध्यक्षकाप्रत्यासी शेर सुनार र अर्का प्रत्यासीपुनम गुरुङवीच कडा टक्कर हुने अनुमान गरिए पनिमत सर्वेक्षणले सुनारलाई माथि देखाएको हो ।

बेलायतमा नेपाली मतदाताबीच गरिएको सर्वेक्षण अनुसार शेरवहादुर सुनारको समावेशी समूह एक हजार भोटले अघि देखिएको छ ।एनआरएनएयूकेको निर्वाचन समितिले १२ स्थानमा मतदान केन्द्र तोकेको छ । सुनार समूहले आसफोर्ड, कार्डिफ, एडिनवरा र बेलफास्टमा गरि चार स्थानमा क्लिन स्वीपको तयारीमा छ । गोर्खाहरुको बढी बसोवास भएको क्षेत्र अल्डरसट, प्लमस्टिड र मिडल्याण्ड (लेस्टर र बर्मिङघम) मा आधाआधा बाडेर पुनम पक्षलाई रोक्ने रणनीति लिएको दावीलाई मत सर्वेक्षणले पुष्टी गरेको छ ।

रेडिंग पनि शेरको पक्षको उल्टिएको मत सर्वेक्षणले वताएको छ । यसरी ह्यारोसम्म आईपुग्दा आफ्नो विजय सुनिश्चित गर्ने तयारी सुनार समूहको छ ।यता सवैभन्दा बढी मतदाता रहेको अल्डरसटमा ३ हजार पाँच सय ३७ मतदाता छन । सुनार समूहले खसेको मतको ५५ प्रतिशत र पुनम समूहले ४५ प्रतिशत पाउने अनुमान छ ।

सुनारको पक्षमा धेरै तमुहरु खुलेरै लागेका छन । १ हजार ९ सय २० मतदाता रहेको दोस्रो ठूलो मतदान केन्द्र ह्यारोमा सुनार पक्षले ६० प्रतिशत र पुनमले ४० प्रतिशतभोट पाउने पक्का छ । सुनार आफै पूर्वगोर्खा भएकाले पारिवारिक भोट बाडिने पनि मत सर्वेक्षणले देखाउँछ ।

श्रीमान वा श्रीमती ले सल्लाहले नै दुई अध्यक्षलाई एक, एकमतदिनेछन । जसको प्रत्यक्ष फाइदा सुनार समूहलाई हुने र जित सुनिश्चित गराउनेछ ।गैर-आवासीय नेपाली संघको इतिहासमा एकपटक आएको हेपिएको जाति सुनारलाई हराएको कलंकको टिका लगाउनु भन्दा पुनमले हारे पनि इज्जत नजाने उनलाई अर्को पटक जिताएर गुण तिर्न सकिने तर सुनारलाई हराए सम्पूर्ण समूहमा नै अवगाल आउने तर्क अधिकाम्स तमु समूहका प्रबुद्ध वर्गको रहेको विश्लेषकहरु बताउछन् ।

त्यस्तै तेस्रो ठूलो मतदान केन्द्र प्लमस्टिडमा दुई हजार एक सय ४५ मतदाता छन् । जसमा सुनार र गुरुङ आधाआधा मत जाने सर्वेक्षण गरिएको छ । गत साता पुनम समूहले गरेका कार्यक्रमभन्दा सुनार पक्षले राम्रो चुनावी कार्यक्रम गरेपछि ६० प्रतिशत भोट पाउने दावी सुनार पक्षको छ ।

१ हजार २ सय ६१ मतदाताभएको चौथो ठूलो मतदान केन्द्र रेडिङमा एक हजार मतखस्यो भने ६० प्रतिशत अर्थात ६ सय सय सुनारको पक्षमा र चार सय गुरुङको पक्षमा त्यसैगरी स्वीन्डनमा ६ सय ८५ मतदाता भएको ठाउँमा सुनार पक्ष अघि रहेको सर्वेक्षणले देखाउँछ ।

आसफोर्ड केन्टमा ७ सय ५५ मतदाता रहेकोमा सुनारले ९० प्रतिशत मत पाउनेछन् । एडिनवरामा ५ सय २४ मतदाता भएको क्षेत्रमा सुनारकै प्रभाव छ । कार्डिफका एक सय ३७ मा प्राय: सबै सुनारका भोटर हुन् । एक सय ३ मत भएको बेलफास्टमा पनि सुनारकै प्रभाव छ ।

अध्यक्षका प्रत्यासी पुनमको निवास रहेको बेजिंगस्टोकमा ७ सय ७३ मतदाता छन । जसमा ७० प्रतिशत प्रभाव पुनमको छ भने सुनारको जम्मा ३० प्रतिशत प्रभाव छ । अध्यक्षका प्रत्यासी पुनमको प्रभावित क्षेत्र मानिएको मिडल्याण्डको बर्मिङघम र लेस्टरमा पुनम समूहले ६० प्रतिशत ल्याउने दावी गरेपछि गत साता सुनार पक्षले गरेको चुनावी सभामा स्थानीयवासीको उपस्थितिले आधा आधा मत बांडिने सर्वेक्षणले देखाउँछ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार १९:३०