८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सेञ्चुरी बैंकका सञ्चालक लक्ष्मणकुमार श्रेष्ठको शैक्षिक योग्यताको प्रमाणपत्र नै नक्कली


२६ भदाै, काठमाडाैँ । सेञ्चुरी बैंकका सञ्चालक लक्ष्मण कुमार श्रेष्ठले नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र (नक्कली सर्टिफिकेट) पेश गरी सञ्चालक पदमा रहेको खुलासा भएको छ । श्रेष्ठले स्नातक तहको लागि बिहारको एक कलेजको नक्कली सर्टिफिकेट पेश गरेका हुन । श्रेष्ठ सेञ्चुरी बैंकको दुई कार्यकालदेखि सञ्चालक रहँदै आएका छन् । नक्कली प्रमाणपत्र पेश गरेर बैंक सञ्चालक हुनुलाइ अपराध मानिन्छ ।

सञ्चालक श्रेष्ठले प्रथम कार्यकारी अधिकृत गणेश कुमार श्रेष्ठसँग मिलेर विभिन्न आर्थिक लाभ समेत लिएको बैंकको उच्च स्रोतले जानकारी दिएको छ । जसमध्ये कर्मचारीलाई छ्ट्टाइएको शेयर मध्येबाट १० हजार कित्ता शेयर प्रमुख कार्यकारी अधिकृत गणेश कुमार श्रेष्ठको नाममा लिएर उक्त शेयर हाल श्रीमती बिमला श्रेष्ठको नाममा करिब १८ हजार कित्ता रहेको बुझिएको छ ।

बैंकको प्रबन्धपत्र र नियामलीमा व्यवस्था भएअनुसार संस्थापक शेयरधनी मध्येबाट ३ जना संचालक रहनुपर्नेमा राष्ट्र बैंकले दिएको निर्देशन बिपरित ४ जना संचालक रहेका छन् । यी सबै कुरा जानकारी भएपनि राष्ट्र बैंकले भने कुनै कारबाही गरेको छैन । आर्थिक लाभमा लिप्त सञ्चालक श्रेष्ठ मर्जर समितिको पनि संयोजक बन्न सफल भएका छन् । उनि विवादित छविका सञ्चालक मानिन्छन ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार १७:३९