१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

धादिङमा जण्डिस निको पार्ने भान्दै झाँक्रीले एक युवाको पेट चिरेर रगत चुसे


२५ भदाै, काठमाडाैँ । धादिङमा एउटा झाँक्रीले जण्डिस निको पार्ने भन्दै एक युवाको पेट चिरेर रगत चुसेका छन । उपचारको बहानामा झाँक्रीले धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का ३९ वर्षीय राजु मगरको पेट चिरेर रगत चुसेका हुन । झाँक्रीले जण्डिस बिसेक गर्ने नाममा पेट चिरेर सख्त घाइते बनाइदिएपछि मगर अहिले उपचारका लागि जिल्ला अस्पताल धादिङमा पुगेकामा त्यहाँ उपचार सम्भव नहुने भएपछि वीर अस्पताल ल्याइएको छ ।

तस्बीर साैजन्यः सिताराम अधिकारी ।

उनको पेट चिरेर रगत चुस्ने झाँक्री धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का गजबहादुर लामा रहेको उनले बताएका छन । गएको भदौ १५ गते पेट चिरेर उपचार नाममा झाँक्रीले रगत चुसेको मगरले बताएा छन । झाँक्री लामाले बिरामीसँग ८ हजार ३ सय ८० रुपैयाँ  नगदसमेत लिएका छन ।

लामा तीनै व्यक्ति हुन जसले तीन वर्षअघि पनि धादिङ मूलपानीकै एक महिलाको पेटमा रहेको ५ महिनाको बच्चा उपचार गर्ने बहानामा हातैले निकालेर फालेका थिए । घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धादिङले अनुसन्धान सुरू गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार १९:२०