७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

कांग्रेस निकटका प्राध्यापकहरूले त्रिवि रजिष्ट्रार प्रा डिल्ली उप्रेतीको कुर्सी फाले, हातपातको प्रयास


२५ भदौ, काठमाडौँ । नेपाली कांग्रेस निकटको प्रजातन्त्रवादी प्राध्यापक संघका पदाधिकारीले त्रिभुवन विश्वविद्यालका रजिष्ट्रार प्राध्यापक डिल्ली उप्रेतीमाथि हातपातको प्रयास गर्दै कुर्सी फ्याँकेका छन । बुधबार त्रिवि रजिष्ट्रारको कार्यालयमा पुगेका संघका अध्यक्ष जगत तिमल्सिना र केदार घिमिरे लगायतकाले उप्रेतीमाथि हातपातको प्रयास गर्दै कुर्सी फ्याँकेका हुन ।

मध्यान्ह १२ बजे रजिष्ट्रार कार्यालय पुगेका उनीहरूले उप्रेतीको कार्यकक्षमा पुग्ने बित्तिकै अराजक विद्यार्थीको शैलीमा हातपातको प्रायस गरेको प्रत्यक्षदर्शी त्रिवि कर्मचारीले दैनिकीलाइ जानकारी दिए । उनीहरूले तत्काल सबै पदाधिकारीको नियुक्ति गर्नुपर्यो भन्दै उप्रेतीमाथि दूर्व्यवहार गरेका हुन । उप्रेतीमाथि हातपातको प्रयास गरेपछि उनीहरूले कुर्सी समेत टिपेर फ्याँकेका थिए ।

माग राख्ने विभिन्न तरिका हुन्छन अझ त्यसमा पनि प्राध्यापकहरूको संस्थाको माग प्रस्तुत गर्ने यो शैलीदेखेर छक्क परेको छु ती कर्मचारीले भने । उनीहरूले ज्ञापन पत्र बुझाउने वा ध्यानाकर्षण गराउने समान्य शैलीको अनुशरण गर्न नचाहेको देखिएको छ । पछिल्लो समय विद्यार्थीहरूको माग राख्ने शैली धेरै नै सुधार हुँदै गएको छ । समान्नित पेशमा रहेका व्यक्तिहरूले एउटा पार्टीको खोल खोढेको संगठनका नाममा त्रिविको पदाधिकारीलाइ दूर्व्यवहार गरेर के सन्देश दिन खोजेका हुन भन्ने अहम प्रश्न तेर्सिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार १६:२१