११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको फेसबुक मोह, डलर खर्च गरेर लाइक किन्दै


२५ भदौ, काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सामाजिक सञ्जाल फेसबुकप्रतिको मोह बढेको छ । कतिपय व्यक्तिहरू सामाजिक सञ्जालकै माध्यमबाट चर्चित बनिरहेको परिप्रेक्षमा शाहीको पनि यो मोहलाइ अन्यथा लिन नसकिएला तर उनले फेसबुकमा चर्चित बन्न लाइक किनीरहेका छन । मुख्यमन्त्री शाहीले डलर नै खर्च गरेर लाइक किनीरहेका छन ।

फेसबुकमा उनको पेज लाइकका निम्ति दुइसाता भन्दा अघिदेखि स्पोन्सर भैरहेको छ । मुख्यमन्त्रीकै फेसबुक पेजमा डलर खर्च गरेर लाइक किन्नुपरेपछि अरू मन्त्रीको अवस्था के होला भन्ने प्रश्न समेत उठेको छ । नेपाली रूपैयाँ विदेश पठाएर मुख्यमन्त्रीको नाममा फेसबुकमा लाइक आर्जन गरेर शाहीले के सन्देश दिन खोजेका हुन रु हामी यस विषयमा मुख्यमन्त्रीको प्रतिक्रिया लिन कोशिश गरिरहेका छौँ । मुख्यमन्त्री शाहीसँग सम्पर्क हुने बित्तिकै उहाँको प्रतिक्रियासहितको समाचार पनि प्रकाशित गर्ने छौँ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार १५:२७