१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

मकाउ पठाईदिन्छु भन्दै १९ लाख ठगी गर्ने राजु केसी काठमाडाैँबाट पक्राउ


२४ भदाै, काठमाडाैँ । मकाउ पठाईदिन्छु भन्दै १९ लाख ठगी गर्ने एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटकाे चन्द्रपुर नगरपालिका-३ घर भइ हाल काठमाडाैँ बस्ने ४२ वर्षिय बिनोद बस्नेत भनिने राजु केसी रहेका छन् ।

केसीले मकाउ पठाइदिने लाेभ देखाउँदै  ६ जनासँग पटक- पटक गरी १९ लाख १० हजार ठगेर फरार भएका थिए । पिडितकाे उजुरीपछि अपराध महाशाखाकाे टाेलिले केसीलाई साेमबार काठमाडाैँकाे हाँडीगाउँबाट पक्राउ गरेकाे हाे । 

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलवार १७:२८