Logo

प्रधानमन्त्री ओली र मोदीले गरे हाइटेक प्रविधिबाट पेट्रोलियम पाइपलाइनको उद्घाटन



२४ भदौ, काठमाडौँ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हाइटेक प्रविधिबाट नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उदघाटन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले विद्युतीय माध्यम रिमोटद्वारा पाइपलाइनको औपचारिक उद्घाटन गरेका हुन् । ओलीले सिंहदरबार र मोदीले दिल्लीबाट रिमोर्टमार्फत पाइपलाइनको उद्घाटन गरेका हुन् ।

 मोतिहारी–अमलेखगञ्ज पाइपलाइन नेपालतर्फ ३६ किमी र बाँकी २७.२ किमी भारततर्फ गरी कुल ६९.२ किलोमिटर पाइपलाइन बिछ्याइएको हो । पेट्रोलियम पाइपलाइनको सुरुवात भएसँगै अब नेपालमा तेल ढुवानी सहज हुने भएको छ । अब ढुवानी लागत, बाटोको कठिनाइ, जोखिमता लगायतका विविध समस्याहरु हल हुने र यसले पेट्रोलियम पदार्थको बजार मूल्यमा समेत फरक पार्ने नेपाल आयल निगमले जनाएको छ ।

पहिलो चरणमा पाइपलाइन मार्फत डिजेल आपूर्ति गरिएको छ । पर्याप्त पूर्वाधार र भण्डारण व्यवस्थापन पछि भने मट्टीतेल र पेट्रोल समेत सोही पाइप मार्फत ढुवानी गरिने इन्डियन आयल निगम र नेपाल आयल निगमले बताएको छ । अहिले अमलेखगञ्ज पेट्रोल पम्प डिपोमा १६ हजार किलोलिटर तेल भण्डारण क्षमता रहेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलवार १२:५६
प्रतिक्रिया दिनुहोस्