४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

ओली र प्रचण्डको सहमतिमा माधव नेपालको आपत्ति


७ फागुन, रौतहट । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आलोपालो गरेर प्रधानमन्त्री बनाउन नहुने बताएका छन । एमाले र माओवादीका बीचमा आलोपालो नेतृत्व गर्ने सहमति भएको केही दिनमै नेपालको यस्तो प्रतिक्रिया आएको हो । केही साता अघि नवलपरासीमा भएको एक कार्यक्रमा ओली र प्रचण्डको व्यवस्थापनलेमात्र पार्टी एकता नहुने बताएका नेपालले आज गृह जिल्ला रौतहटमा पत्रकारहरुसँग कुरागर्दै सरकारको नेतृत्व आलोपाला हुन नसक्ने बताएका हुन । केही दिनअघि ओली निवास बालकोटमा ओली र प्रचण्डको वान टु वान वार्ताको क्रममा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । नेता नेपालले बहुमतका साथ बन्ने सरकारलाई ढुक्कसँग काम गर्न दिनुपर्ने बताउनुभयो । नेता नेपालले पार्टी एकीकरणपछि दुईजना अध्यक्ष बन्ने अवस्था आए पनि दुवैजनालाई सहअध्यक्ष राख्न सकिने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : ७ फाल्गुन २०७४, सोमबार १६:५५