१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

एनआईसी एशिया बैंकको चाडपर्व लक्षित योजना, विदेशबाट खातामा रकम पठाउँदा ३७५ बोनस


१३ भदौा । काठमाडौँ । एनआईसी एशिया बैंकको चाडपर्व लक्षित योजना सार्वजनिक भएकाे छ । एनआईसी एशिया बैंकले दशैं तथा तिहारको अवसरलाई मध्यनजर गर्दै विदेशबाट बैंकको खातामा रकम पठाउँदा ३७५ बोनस क्रेडिट गर्ने योजना ल्याएको छ ।

त्यस्तै, बैंकले अब हरेक पटक विदेशस्थित वल्र्ड रेमिटबाट नेपालमा रकम पठाउँदा रकम प्राप्त गर्ने व्यक्तिलाई नगद १०० को मोबाइल रिचार्ज गर्ने योजना समेत ल्याएको छ । उक्त विप्रेषण रकम बैंकका शाखा कार्यालयहरु, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ्ग इकाई एवम् ९ हजार भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत् सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने बैंकले जनाएको छ ।

यो योजना अंग्रेजी महिनाको १ सेप्टेम्बर २०१९ देखि ३१ अक्टोबर २०१९ सम्म २ महिनाको लागि लागू हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले जनाएका छन् ।

बैंकको मुलुकभर २९७ शाखा कार्यालयहरु, ३५० एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार १०:४०