११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

चिकित्सकको बदमासीले नुवाकोटका एक बालकको फिला पोल्यो, उपचारको साटो अस्पतालको धम्की


२३ भदौ, काठमाडौँ । उपचारमा संलग्न चिकित्सको बदमासीले नुवाकोटका एक बालकको स्वास्थ्यमा समस्या देखिएको छ । भक्तपुरस्थित नेपाल कोरियामैत्री अस्पतालका चिकित्सक डा श्रीकृष्ण श्रेष्ठको लापरबाहीले हर्नियाको शल्यक्रिया गर्न गएका नुवाकोटको विदुर नगरपालिकाका ११ वर्षीया आशिष भट्टको देब्रे फिलामा करेन्टले प्वाल पारिदिएपछि समस्या सिर्जना भएको हो ।

परिवारका सदस्यले चिकित्सक श्रेष्ठ र अस्पताललाइ कारबाहीको माग गर्दै आइतबार मेडिकल काउन्सिलमा उजुरी दिएका छन । पीडित परिवारले काउन्सिलमा उजुरी दिएपछि चिकित्सक श्रेष्ठले उल्टै धम्की दिएका छन । सुरूमा गल्ती स्वीकार गरेका चिकित्सक श्रेष्ठले आफूलाई उजुरीले केही फरक नपर्ने भन्दै उल्टै बिरामीलाई देखाएर धम्की दिएका हुन ।

चिकित्सक श्रेष्ठको लापरबाहीका कारण पीडित परिवारले हालसम्म एक लाखभन्दा बढी रकम छुट्टै खर्च गरिसकेको बताएका छन । चिकित्सकले आशिष भट्टको शल्यक्रियाका क्रममा लापरबाही गरी देब्रे फिला करेन्टले पोलिदिएपछि अवस्था नाजुक बन्दै गएको छ ।पोलेको डेढ महिना बितिसक्दा पनि डाक्टर र अस्पतालले कुनै जिम्मेवारी नलिएपनि समस्या उत्पन्न भएको हो ।

डाक्टर श्रेष्ठ र अस्पताल प्रशासनले सुरुमा पोलेको ठाउँको निशुल्क उपचार गरिदिने प्रतिबद्धता जनाएपनि हाल आएर अनेक बहानाबाजी गरेपछि समस्या उत्पन्न भएको हो । हाल बालकको पोलेको घाउ नराम्ररी पाकेको र स्वास्थ्य अवस्था नाजुक बन्दै गएको परिवारको भनाई छ । डा श्रेष्ठले साउन १० गते आशिषको हर्नियाको अपरेशन गरेका थिए भने सोही क्रममा फिलामा करेन्टले पोलेको थियो । बिरामीका आफन्त शम्भु अधिकारीले पोलेको बारे आफूहरुले साउन ११ गतेमात्रै थाहा पाएको बताए ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार ०७:३०