१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कर्मचारीको लापरबाहीले कैलाश एयरको हेलिकप्टरबाट उडिरहेकै समयमा सामाग्री झर्यो


२२ भदाै, सोलुखुम्बु । कैलाश एयरको हेलिकप्टरबाट उडिरहेकै समयमा सामाग्री झरेपछि सोलुखुम्बुका स्थानीय त्रसित बनेका छन । जुनसुकै समयमा हेलिकम्पटरका कर्मचारीले लापरबाही गरेर सामाग्री झारेर ठूलो दुर्घटना निम्त्याउन सक्ने भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन । सोलुखुम्बुको फेरामा उड्दै गरेको हेलिकप्टरबाट सिरकलगायतको सामाग्री झरेको थियो । माइक लिमा कल साइन भएको हेलिकप्टर क्याप्टेन आशिष शेरचनले उडाएका थिए ।

फाइल तस्बीर

फेराका स्थानीयले असुरक्षित महशुष गर्दै प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालको ध्यानाकर्ण गराएका हुन । स्थानीयको ध्यानाकर्षणपछि प्रमुख जिल्ला अधिकारी खनालले कम्पनीलाइ यस्ता कमजोरी गर्ने छुट नभएको बताए । सँगै रहेका सोलुखुम्बुका प्रहरी प्रमुख नारायण चिमोरियाले यस्ता कार्यमा कम्पनीलाइ जिम्मेवार बन्न अनुरोध गरे । फाप्लुबाट स्याङबोचे कार्गो ढुवानी गर्ने क्रममा हेलिकप्टरबाट गएको बिहीबार सामाग्री झरेको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आईतवार ०८:५७