७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेपाल एसीसी यू–१९ एसिया कपमा श्रीलंकासँग नेपाल ५ विकेटले पराजित


२० भदौ, काठमाडौँ । नेपाल एसीसी यू–१९ एसिया कप क्रिकेटमा आयोजक राष्ट्र श्रीलंकासँग ५ विकेटले पराजित भएको छ । शुक्रबार भएकाे खेलमा १६० रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले ३३.४ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । श्रीलंकाको जितमा कामिल मिशराले ५५, अहान विक्रमासिंहले ३० रन र अविस्का थरिन्दुले अविजित २५ रन बनाए ।


श्रीलंकाले २२ रन जोड्दा पहिलो विकेट गुमाएको थियाे भने ५३ रन बनाउँदा दोस्रो विकेट गुमाएको थियो । तर लक्ष्य सामान्य भएका कारण उसले सहज जीत निकाल्यो । नेपालका लागि राशिद खानले २ विकेट लिए । त्यस्तै, कमल सिंह ऐरी, पवन सर्राफ र सागर ढकालले समान १–१ विकेट लिए । टस जितेर ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेटको क्षतिमा १५९ रन बनाएपछि श्रीलंकाले सामान्य चुनौती पाएको थियो ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार १८:०४