१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले श्रीलङ्कालाई १६० रनको चुनौती दियो


२० भदाै, काठमाडाैँ । श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली श्रीलङ्कालाई जीतको लािग १६० रनको चुनौती दिएको छ । श्रीलङ्का कोलम्बोस्थित आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउदै १५९ रनको योगफल बनायो ।

वर्षा बाधक बनेपछि ५० ओभरको खेललाई छोट्याएर ४२ ओभरमा झारिएको थियो । नेपालले ब्याटिङ गरिरहँदा पानी परेपछि खेल केही समयको लागि प्रभावित बनेको थियो । नेपालका लागि शुुरुआती ब्याट्सम्यान रित गौतमले अर्धशतक बनाए । उनले ८५ बल खेल्दै चार चौकाको मद्दतमा ५४ रनको योगदान दिएका हुन ।

त्यस्तै कप्तान रोहितकुमार पौडेलले ४७, रसिद खानले १५ तथा हरि चौहानले १२ रन जोडे । आसिफ शेखले ७ रन जोड्दा अर्का शुरुआती ब्याट्सम्यान पवन शरार्फ ४ रनमा बाहिरिए । श्रीलङ्काका दिलसान मधुशङ्का र नाभोद दिनुश्रीले तीन÷तीन विकेट लिए भने आशियन ड्यानियल र रोहन सञ्जय सिल्भाले एक÷एक विकेट झारे ।रासस

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार १५:५७