११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

बारा-पर्साका हुरी पीडितले चार महिनामै पाए नयाँ घर, पीडित भन्छन ‘स्यावास सरकार’ (फोटोफिचर)


१८ भदाै बारा । बारा र पर्साका हुरी (टोर्नाटो)पीडितले चार महिनामै नयाँ घर पाएका छन । झण्डै दुइ तिहाइ बहुमतमा रहेको नेकपा नेतृत्वको सरकारले हुरीबाट बेघरबार हुन पुगेका जनताका लागि नयाँ घर बनाइदिएको हो । विविध चुनौतीका बाबजुद सेनाले चार महीनाको अवधिमा ८६९ आवास निर्माण सन्पन्न गरेको हो ।

सरकारले चैत २१ गते क्षतिग्रस्त घरको पुनःनिर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । नेपाली सेनाको २८ नं बाहिनी अड्डा नेतृत्वको कार्यदलले १२ वटा क्लष्टरमा विभाजन गरी तीन चरणमा निर्माणकार्य पूरा गरेको हो । मूल्य अभिवृद्धिकरसहित प्रतिघर चार लाख ८४ हजार ८८८ रुपैयाँ ६० पैसाको लागतमा आवास निर्माण गरिएको हो । आवास निर्माणका लागि सरकारले रु ८४ करोड ६८ लाख ७६ हजार रकम उपलब्ध गराएको थियो ।

उक्त आवास निर्माण कार्यमा दुई हजार ६६५ सैनिक र तीन हजार ६७७ गैरसैनिक परिचालित भएका थिए । उक्त क्षेत्रको पुनःनिर्माण, पुनःस्थापना, सहजीकरण र समन्वय गर्न गठित समितिले साउनको अन्तिम साता जिम्मेवारी पूरा गर्ने लक्ष्य लिएकामा तराई–मधेशमा आएको बाढी र डुबानका कारण केही दिन निर्माणकार्य स्थगन गर्नुपरेको थियो । बाढी तथा डुबानका कारण नौ दिन निर्माणको काम बन्द गर्नुपरेको सेनाले जनाएको छ ।

नेपाली सेनाले ८६९ वटा घर निर्माण गर्न कूल विनियोजित रकमको ५३ दशमलव ८३ प्रतिशत अर्थात् ६७ करोड ९३ लाख १७ हजार ४८३ रुपैयाँ खर्च गरेको छ । सेनाले घर निर्माण गर्दा प्रतिघर ११ दशमलव १९ प्रतिशत रकम बचत गरेको छ । दुई वटा कोठा, सानो भन्छाकोठा, बरण्डा र एउटा शौचालय भएको सो घरको क्षेत्रफल ३४८.६ वर्गफिट रहेको छ । हावाहुरी थेग्ने, भूकम्परहित, वातावरण अनुकूलको भवन निर्माण गरिएको सेनाले जनाएको छ ।

गत वर्षको चैत १७ गते राति आएको ‘टोर्नाडो’ बाट पीडित बारा चैनपुरका मुनीलाल राम बज्रपातको समयमा नेपाली सेना आफ्ना लागि भगवान् भएर आएको बताए । “रातको समय थियो, एक्कासी हुरी चल्यो, सबै उडायो”, उनले विगत सम्झँदै भने, “सेना नआएको भए हामी बाँच्दैनथ्यौँ होला, धन्न सेना आयो, उद्धार ग¥यो, औषधि दियो, आज फेरि घर बनाएर दिएको छ । हाम्रा लागि सेना भगवान् नै बनेर आएको छ ।” उनले ‘स्यावास सरकार’ भन्दै पछिल्लो समय फेरि नयाँ घर दिएर सरकारले ठूलो गुन लगाएको बताए ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार २३:३८