८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कोपा डेल रेको उपाधि चौँथो पटक बार्सिलोनालाई


९ बैशाख, काठमाडौँ । बार्सिलोनाले चौँथो पटक स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा सेभिल्लालाई ५–० ले हराउँदै बार्सिलोनाले चौथोपटक कोपा डेल रेको उपाधि जितेको हो । बार्सिलोनालाई जिताउन लुइस स्वारेजले दुई तथा लियोनेल मेस्सी, आन्द्रेइ इनिएष्टा र कोटिन्होले एकएक गोल गरे ।

पहिलो हाफमा ३–० को अग्रता लिएको बार्सिलोनाले दोश्रो हाफमा दुई गोल थपेको थियो । एथ्लेटिको मड्रिडलाई हराएर प्रतियोगिताको फाइनल पुगेको सेभिल्ला फाइनलमा बार्सिलोनासंग भने स्तब्ध भयो ।

प्रकाशित मिति : ९ बैशाख २०७५, आईतवार ०९:२२