८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

संविधान दिवस बहिष्कार गर्ने राजपाको विज्ञप्ति प्रचारमा पर्यटनमन्त्री भट्टराईको ट्वीटर प्रयोग


१८ भदौ, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले संविधान दिवस बिरोधी राजपाको विज्ञप्ति ट्वीट गरेका छन । उनले मंगलबार राति १० बजेर ३३ मिनेटमा राजपाको विज्ञप्ति ट्वीट गरेका हुन । मन्त्री भट्टराईले दुई बुँदे विज्ञप्तिमा एक बुँदामा समर्थन र अर्को बुँदामा ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति ट्वीट गरेका हुन ।

मन्त्री भट्टराईले विज्ञप्तिसँगै आफ्नो ट्वीटर ह्णाण्डलमा यस्तो लेखेका छन  ‘बारामा निर्माण हुने अन्तरास्ट्रिय बिमानस्थलका बारेमा राजपाको निर्णयको पहिलो बुंदाको भावनाप्रति सम्मान ब्यक्त गर्दछु भने दोश्रोले समय, सन्दर्भ र राष्ट्रिय भावनालाई बोक्न नसकेकोप्रति राजपाको ध्यानाकर्षण गर्दछु ।’

मन्त्रीले आफ्नो ट्वीटरमा लेखेको विषयले नकारात्मकता प्रचार नगरे पनि विज्ञप्तिले भने संविधान दिवस बहिष्कार गरौँ भन्ने राजपाको निर्णयको प्रचार भएको छ । संविधान दिवस भव्य रूपमा मनाउने भनेर तयारी गरिरहेका सरकारका महत्वपूर्ण मन्त्रीले नै संविधान दिवस बिरोधी राजपाको विज्ञप्ति यसरी प्रचार गर्नु कति उचित होला । सरकारले अघिल्लो वर्षदेखि संविधान दिवसलाई विशेष बनाउने प्रयत्न गरिरहेको छ ।

ट्वीटरमा मन्त्रीले राखेको राजपाको विज्ञप्ति 

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार ०८:५३