७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

भारतीय नायिका पर्ल पंजाबीले छतबाट हाम फालेर गरिन् आत्महत्या


१४ भदौ, एजेन्सी । भारतीय नव नायिका पर्ल पंजाबीले छतबाट हाम फालेर आत्महत्या गरेकी छिन् । स्टार बन्ने सपना बोकेर बलिउडकी छिरेकी २५ वर्षिया पर्ल पंजाबीले २९ अगस्टको राती आफू बस्ने अपार्टमेन्टको छतबाट हाम फालेर आत्महत्या गरेकी हुन् ।


पर्ल पंजाबी मुम्बईको ओशिवारा इलाकामा बस्थिन् । पर्ल पंजाबीले कुनै दिन बलिउडकी चर्चित नायिका बन्ने सपना बोकेकी थिइन् । ठूलो सपनासहित यी नायिकाले मनोरञ्जनको क्षेत्रमा कदम त राखिन् तर सायद उनी यो रेसमा टिक्नका लागि आइपर्ने दबाब झेल्न सकिनन् । उनी निकै लामो समयदेखि आफ्नो नीजि र व्यवसायिक जीवनमा संघर्ष गरिरहेको बताइन्छ । जब समस्याको कुनै समाधान देखिएन तब नायिकाले आत्महत्याको बाटो रोजेको बताइएकाे छ ।

 

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार १४:०७