७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक शुरू


१३ भदौ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रवार अपरान्ह केन्द्रीय कार्यालय सानेपामा शुरू भएको छ । गत असार २२ गते पार्टी महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेका १४ एजेण्डामध्ये लगभग सबै एजेण्डामा छलफल भइसकेको छ ।

भातृ एवं शुभेच्छुक संस्थाहरुको विधान संशोधन र मान्यता प्रदान गर्ने सम्बन्धमा, पार्टी विधान अनुसार अवधि समाप्त भएका भातृ संघहरुका सम्वन्धमा, जनसम्पर्क समितिका सम्बन्धमा र स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई नीतिगत निर्देशन गर्ने विषयलगायत समसामयिक राजनीतिका विषयमा शुक्रवारको बैठकमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार १३:५९