१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

गृह मन्त्रालयले गर्याे ३१ सीडीओको सरुवा, कसकाे सरुवा कहाँ ?


१२ भदौ, काठमाडौँ । गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले काठमाडौँ, ललितपुर, मोरङ, मकवानपुर, सुर्खेत लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सरुवा गरेको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य गृह मन्त्रालयमा सरुवा भएका छन् । उनको ठाउँमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल आएका छन् ।

ललितपुरका प्रजिअ प्रेमराज जोशी मकवानपुर सरुवा भएका छन् भने उनको ठाउँमा धादिङका प्रजिअ भगिरथ पाण्डेयलाई ल्याइएको छ । मकवानपुरका प्रजिअ आशमान तामाङ धादिङ सरुवा भएका छन् ।

हेर्नुहाेस् सुचिः

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार १६:४३