८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

प्रियंका कार्कीलाई चिडियाखानामा राख्नु पर्नेः प्रकाश कटुवाल


१२ भदाै, काठमाडाैँ । नेपाली चर्चीत नायिका प्रियाँका कार्कीलाई चिडियाखानामा राख्नु पर्ने भन्दै लाेक गायक प्रकास कटुवालले समामजिक संञ्जाल फेसबुकमा अाक्राेस पाेख्दै स्टाटस लेखेका छन् । प्रकासले नायिका कार्कीकाे व्यबहारले कार्कीलाई म्युजियममा राख्नु कि चिडिया घरमा राख्नु दाेधारे गराएकाे स्टाटसमा लेखेका छन् । कटुवाल लेख्छन् अष्ट्रेलियाबाट नेपाल फर्कदा नायिका कार्कीले अाफुलाई दुर्व्यबहार गरेकाे देख्दा अचम्म लाग्छ । मैले कार्कीलाई धेरैनै गुन गरेछु क्यार परिणाम यस्ताे भाेग्नुपर्याे ।

प्रकाश कटुवालकै सब्दमाः म अस्ट्रेलिया बाट Ntv tv श्यामसुन्दर गिरि ज्युको प्रोग्राम सकेर नेपाल फर्कने क्रममा थिए । बोडिङ्ग काड लिने क्रममा म भन्दा अगाडी प्रियंका कार्की ज्यु र उहाँको एक साथी पनि हुनुहुदो रहेछ मैले देखे पुरै छ्टपटाई रहनु भएको थियोे कता कता मनले मानेन मलाई एअरपोर्ट पुराउन जानुहुने शिव बन्जरा दाइलाई सोध्नलगाए के भयो भन्नू भयो अनि उहाँले भन्नू भयो लगेको सामान बढी भयो अनि मैले सोचे मेरो लगेज 30 kg को हो मेरोमा सामान लान मिल्छ भने र उहाँको सामान मैले एउटा् मेरो नाउमा लगेज गरे

अर्को एउटा् हेन ब्याग गरेर उहाँको सामान Hongkong टान्जिट गरेर नेपाल सम्म लेर आए आउने क्रममै पनि उहाँले मलाई गरेको व्यबहार कता कता चित्तबुझ्दो थिएन तर पनि नेपालको एअरपोर्ट सम्म उहाँको सामान सुर्छित ल्याए र उहालाई भने मेरो लगेज खाली गर्दिनुस मलाई लिन साथी आको छ धेरैबेर भयो कुरिरहेको छ म जान्छु भने अनि उहाले मेरो लगेज बाट सामान पनि खोल्नु भयो तर उहाँको लगेज मा धेरै बेर कुराउनु भयो सामान सार्नु भएन अनि मैले सोधे सामान हजुरको लगेजमा सार्नुन भने अनि उल्टै मलाई गाली गरेजसरी उहाँ अगाडी लाग्नु भयो र भन्नू भयो सुन्नु भएन म अगाडि जादैछु लेर आउनुस भने पछी मलाई लाग्यो मैले धेरै नै गुन गरे ।

अब मलाई आफ्नो खाली लगेजको पनि माया लाग्न छोड्यो र उहाँ धेरैनै अगाडी पुगि सक्नु भएको थियो र उहाँको सामान अस्ट्रेलिया बाट पो नेपाल लेर आउन सहयोग गरे अब सहयोग गर्न पर्दैन जस्तो लाग्यो र मैले उहाँको सामान बोकेको आफ्नो लगेज सहित एअरपोर्ट भित्र्नै छोडेर म आफ्नो ठूलो लगेज बोकेर आए – प्रकाश कटुवालको फेसबुकबाट

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार १६:५०