१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

भाद्र मशान्तभित्रै अनेरास्ववियूको एकताले पूर्णता पाउने, साझा केन्द्रीय कार्यालयको भव्य उद्घाटन


१२ भाद्र काठमाडौं । सत्तारुढ नेकपा निकट अनेरास्ववियूको एकताले भाद्र मशान्त भित्र पुर्णता प्राप्त गर्ने इन्चार्ज हितमान शाक्यले वताएका छन् ।एक्कताले गति लिन थालेपछि विहिवार वागवजारमा साझा कार्यालयको उद्घाटन भएको छ । वागवजार स्थित साविक अनेरास्ववियू (क्रान्तिकारी ) को केन्द्रीय कार्यालयलाई नयाँ ब्यवस्थापन सहित साझा कार्यालय वनाइएको हो । आज उद्घाटन भएको कार्यालयमा नेकपाका तर्फबाट विद्यार्थी फ्याक्सन हेर्ने जिम्मेवारी पाएका इन्चार्ज हितमान शाक्य र सहइन्चार्ज विनोद ढकाललाई अनेरास्ववियू केन्द्रीय कार्यालयमा स्वागत गरिएको थियोे।

पार्टी फ्याक्सनको तर्फबाट कार्यभार सुम्पिएको औपचारिक घोषणा गरिएपछि अनेरास्ववियूका नवनियुक्त संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले आआफ्नो कार्यकक्षमा पदभार ग्रहण गरेको अनेरास्ववियू नेता सुरेन्द्र बस्नेतले वताए।कार्यक्रममा इन्चार्ज हितमान शाक्यले भाद्र महिनाभित्र अनेरास्ववियूको एकता सकिने गरि छलफल अघि वढेको वताए। अनेरास्ववियूका संयोजक ऐन महरले आफुहरु एकताको काममा सम्पुर्ण रुपले जुटेको वताए । संयोजक महरले अब छिट्टै सम्भव भए सम्म भदौ महिना भित्र कम्तिमा केन्द्रिय कमिटीलाई पुर्णता दिने बताए । उनले दशैं तिहारसम्म मातहत कमिटीको पनि एकता सम्पन्न गर्ने गरि काम हुने बताए ।

आज आयोजित कार्यालय उद्घाटन समारोहमा अनेरास्ववियूका पुर्व अध्यक्षहरु ठाकुर गैरे, लेखनाथ न्यौपाने, रामकुमारी झाँक्री , माधव ढुंगेल, रमेश मल्ल, नबिना लामा  लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रममा अनेरास्ववियूका नेता कार्यकर्ताको वाक्लो उपस्थिति रहेको थियोे ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार १५:४८