१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भीएलएन मार्फत मलेसिया जाने नेपालीबाट अर्बाैं असुल्नेलाई कारवाही गर्नुपर्छः सांसद सिलवाल


१२ भदाै, काठमाडाैँ । आज बसेको प्रतिनिधि सभाको बैठकमा गैरकानूनी संस्था ‘भीएलएन’मार्फत मलेसिया जाने नेपालीबाट अर्बाैं असुल्नेलाई कारवाही गर्नुपर्ने सत्तापक्षीय सांसद नवराज सिलवालले माग गरेका छन् ।

 संसदमा बोल्दै सांसद सिलवालले अर्बौं ठगी गर्ने काण्डमा उच्चपदस्थ कर्मचारीको समेत संलग्नता देखिएको र त्यसको संरक्षण गर्ने राजनीतिक दल र नेतालाई पनि छानबिनको दायरामा ल्याउनु पर्ने माग गरेका छन् ।

गत वर्ष जेठमा भीएलएनका नाममा अर्बौं उठाउने गैरकानूनी संस्थामा छापा मारेर सरकारले अनुसन्धानको दायरामा ल्याएको बताए । भीएलएन प्रकरणमै मलेसियाका पूर्व उपप्रधानमन्त्री अहमद जाहिदी हमिदीलाई असार ९ गते पक्राउ गरी ११ गते कोर्टमा प्रस्तुत गरेको सिलवालले संसदमा जानकारी दिए ।

तर नेपाल सरकारका उच्चपदस्थ अधिकारी मलेसियाका उच्च पदस्थ अधिकारीसँग मिलेर खडा गरिएको सिन्डिकेट प्रणाली अन्तर्गत अनाधिकृत रूपमा गरीब मजदूर नेपालीबाट उठाइएको सम्बन्धमा नेपालमा कुनै पनि खालको अनुसन्धान किन हुँदैन ? भन्ने जस्ता प्रश्न गरेका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार १५:०९