१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

सित्तैमा ल्वाङ पनि नखाएको रवि लामिछाने भनाइमा भेटियो ठूलै भ्वाङ, सित्तैमा कार चढेको खुलासा


१२ भदौ, काठमाडौँ । न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने वेलकम एडभरटाइजिङको ‘सिधाकुरा जनतासंग’ कार्यक्रमका प्रस्तोता एवं पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरूत्साहनका अभियुक्त रवि लामिछानेले धरौटीमा छुटेको भोलिपल्ट चितवनको नारायणी नदीको किनारामा भएको शुभेच्छुक सभामा सम्बोधन गर्दै आफ्नो टिमले सित्तैमा ल्वाङ पनि नखाएको बताए । त्यसपछि उपस्थित भएका रविका समर्थकदेखि रमितेसम्मले पर्रर ताली पिटे । तर उनले त्यो झुट बोलेको हो भनेर ती उपस्थितहरूले भ्यउनै पाएनन् ।

हुनत प्रहरी हिरासतमै रहँदा उनले आफूलाइ पुग्नेमात्र झुट बोल्ने गरेको भन्ने भनाइ सामाजिक सञ्जालमा भाइरल बनेको थियो । लामिछानेले सिधाकुरा जनतासंग टिमले सित्तैमा ल्वाङ पनि नखाएको बताइरहँदा उनको टिमका महत्वपूर्ण सदस्य एवं कार्यक्रमका उत्पादक दीपक बोहोराले ९ महिनाअघि सित्तैमा कार नै पड्काएको खुलासा भएको छ । उनले एक जना व्यवसायीसँग सित्तैमा कार लिएका हुन ।

जापानमा बस्ने नेपाली नागरिक डिपी अर्यालसँग बोहोराले सित्तैमा कार लिएको कुरा उनी आफैँले फेसबुकमा उल्लेख गरेका छन । उनले फेसबुकमा लेखेका छन । “मलाई पनि भित्री आत्मादेखि माया र स्नेह गर्ने दाइहरु छन् । डिपी अर्याल दाइ जसले आफ्नो जीवनको पहिलो यती राम्रो गाडी दिनुभयो । यो गाडी म जीवनभर माया गरेर चलाउने छु । थ्याङ्क यू सो मच दाई ।”रविले मान्छे जम्मा पारेर सित्तैमा ल्वाङ पनि नखाएको ध्वासँ दिने तर टिमकै सदस्यले आफूसँगै बसेर सित्तैमा कार उपाहर लिएर चढ्दा समेत नदेख्ने लामिछानेले पत्रकार आचार संहिता के देख्लान र रु यसरी व्यवसायीसँग उपहार लिनुलाइ पेशगत विचलनको साथै आचारसंहिता विपरितको काम मानिन्छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार १०:४६