७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

टानको अध्यक्षमा वापन्थीले सर्वसम्मत उम्मेवार छान्न सकेनन्, थापाको नाममा संगठनको आपत्ति


११ भदाै, काठमाडाैँ । ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल ( टान ) को ४१ औँ वार्षिक साधारणसभा मार्फत चुनिने नयाँ नेतृत्वका लागि वामपन्थीहरू सर्वसम्मत उम्मेदवार चयन गर्न असक्षम भएका छन । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्रीको जिम्मेवारी समेत लिएका नेकपाको पर्यटन विभागमा प्रमुख योगेश भट्टराइको लिगेसीका टानका पूर्व कोषाध्यक्ष कुमार थापाको नाम अध्यक्षका रूपमा सार्वजनिक भएसँगै तत्कालीन एमालेको पर्यटन क्षेत्रको भ्रातृ संस्था नेपाल राष्ट्रिय पर्यटन व्यावसायी संगठनले असहमति जनाएको हो । उसले थापाको नाममा असहमति जनाएको हो ।

बुधबार अध्यक्षको उम्मेदवार तय गर्न बसेको बैठकले थापाको नाम अघि सारे पछि संगठनका नेताहरू टीका गुरूङ पूर्ण कुँवर लगायतले असहमति प्रकट गरेका हुन । यद्यपी संगठनमा पद नपाएर तत्काली एमाले निकट मानिएकै केही व्यवसायीले खोलेको पर्यटन व्यावसायी संगठन नेपाल र तत्कालीन माअोवदी निकटको नेपाल पर्यटन व्यावसायी संगठनले थापाको नाममा सहमति गरेका छन ।

बैठकमा नोट अफ डिसेन्ट समेत लेख्न नदिएपछि राष्ट्रिय पर्यटन व्यवसायी संगठनका महासचिव समेत रहेका पूर्ण कुँबरले सामाजिक सञ्जाल फेसबुक मार्फत नै अाफ्नो असन्तुष्टि पोखेका छन । उनले लेखेका छन ‘पदयात्रा ब्यबसायिको छाता संगठन (टान) निर्वचन को लागी बनेको कार्यदल मा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको तर्फ बाट C.N पाण्डे र . टिका राम गुरुंग र म पुर्ण कुवर को गम्भीर रुममा असहमति रहेको जनकारी गराउछु । नाेट : उपस्थिति बाहेक अरु कुनै-कुरा मा सहमती व सही नगरेको जानकारी गराउछु ।’

यही भदौ २० गते होटेल सोल्टीमा टानले नयाँ कार्यसमितिका लागि निर्वाचन गर्दैछ । पर्यटन संघ संस्थाहरुकै सबैभन्दा धेरै सदस्य संख्या भएको र लामो इतिहास बोकेको पदयात्रा तथा पर्वतिय संस्था पछिल्लो समय संस्थागत रूपमै फेक रेसक्युको धन्दामा मुछिएको थियो । वर्तमान कार्यमसितिमा अध्यक्ष लगायतका पदाधिकारी नै फेक रेक्स्युको अभियोगमा छनविनको घेरामा परेका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार २२:२५