८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

झारफुक गर्ने ८३ वर्षीय वृद्धासँग माया बस्याे भन्दै २७ वर्षे युवतीले विवाह गरिन्


११ भदाै, काठमाडाैँ । पहिलाे नजरमै मायाँ बस्याे भन्दै एक २७ वर्षीया युवतीले झारफुक गरेर बसेका ८३ वृद्धसँग विवाह गरेकी छिन्  । इन्डोनेशियाको सेन्ट्रल जाभामा बसेका वृद्धसँग युवतीले विवाह गरेकी हुन् ।

अडिटी सेन्ट्रलका अनुसार २७ वर्षे नुराइनीले ८३ वर्षे सुदिर्गोलाई जुलाईमा भेटेकी हुन् । उनी उनको आमाबुवासहित सुदिर्गोसँग झारफुक गर्न गएकी थिइन् । त्यो पहिलो भेटमा नै आफू सुदिर्गोको प्रेममा परेको उनले बताइन् । उनले त्यो भेटपछि पनि हजुरबुवालाई बहाना बनाएर पटक–पटक भेट्न गएको बताइन् ।

विवाह गर्नका लागि उनीहरुलाई परिवारको समर्थन चाहिन्थ्यो । नुराइनीले सोचेभन्दा सजिलै परिवारको समर्थन पाइन् । मेरा श्रीमानका सन्तानले मलाई मेरै उमेरका पार्टनर किन नछानेको भनेर धेरैपटक प्रश्न गरे, तर मलाई मेरै हजुरबुवाको माया लाग्छ,’ नुराइनीले ट्रिबन जातेङ्गलाई भनिन् ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार १४:३०