७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

कांग्रेस नेता रमेश लेखकलाई पितृ शोक, पिता डा प्रयाग दत्त लेखकको ८९ बर्षको उमेरमा निधन


७ भदौ, काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पितृ शोक परेको छ । नेता लेखकका पिता डा प्रयाग दत्त लेखकको काठमाडौँमा निधन भएको हो । उनको उपचारको क्रममा काठमाडौंको नर्भिक अस्पतालमा ८९ बर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ ।

लेखक पछिल्लो समय विभिन्न शारिरीक समस्याबाट पीडित रहेका थिए । लेखकको आजै अन्त्येष्टि गरिने तयारी गरिएको छ । अहिले नर्भिक अस्पतालमा कांग्रेसका नेता र शुभेच्छुकको भीड लागेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार १०:३८