४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

शालिकराम पुडासैनीको एसएमएस रवि लामिछानेलाई, यस्ताे रहेछ कुराकानी


७ भदाै, काठमाडाैँ । कान्तिपुरले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा फेला परेका नयाँ तथ्यहरुलाई सार्वजनिक गरेको छ । मुख्य तीन आरोपीमध्येकी एक रुकु भनिने अस्मिता कार्कीसँग पुडासैनीले एसएमएस र फेसबुक च्याटको माध्यमबाट गरेको कुराकानीका अंश समाचारमा छ । समाचारमा राखिएका कुराकानीको केही अंश यस्ता छन्ः

–चैत ७ मा शालिकरामले अस्मितालाई लेखेका छन्, ‘सुन त, कोट म्यारिज गर्नी ल भोलि वा पर्सि । हुन्छ कि नाइँ ?’
–शालिकरामकी पत्नी सम्झनाले अस्मितालाई लेखेकी छन्, ‘उसले मलाई मेरो बाटोमा कहिल्यै नआउनू भनेको छ । मैले फोटो पठाउँदा मलाई नै असर पर्छ । होस् नानु, मसँग नरिसाउनू ल । सरी पछि कुनै दिन पठाउँछु नि । अहिले चाहिँ सरी ल ।’
–रवि लामिछानेलाई शालिकरामले लेखेका थिए, ‘दाइ मलाई माफ गर्नुहोला । तपाईंहरुले अफिसमा मलाई सधैं जिस्क्याउने मान्छेले मलाई धोका दिएकी छ दाइ ।’

एक दिन शालिकरामले ९ः५५ मिनेटमा अस्मितालाई म्यासेज गरेर आफू घरअगाडि रहेको र जसरी पनि कि फोन उठाउन, कि घरबाहिर आउन दबाव दिएका थिए । उनले आफूलाई नभेटे वा फोन नउठाए सम्बन्धको कुरा दाइलाई भनिदिने भन्दै अस्मितालाई दबाव दिएको देखिन्छ ।  कान्तिपुरबाट

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार ०९:५५