७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

हुन्डाई भेन्यू अब नेपालमा, यस्तो छ विशेषता


६ भदौ, काठमाडौँ । हुन्डाई गाडीको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले बहु प्रतिक्षित गाडी हुन्डाई भेन्यू एक समारोह बिच सार्वजनिक गरेको छ । कम्पनीका अनुसार हुन्डाई भेन्यू ३ भिन्न इन्जिन अप्सनमा उपलब्ध हुनेछन् । १.२ लिटर पेट्रोल इन्जिन कप्पा डुअल VTVT टेक्नोलजि जसको 83ps/6000rpm को सर्वाधिक पावर रहनेछ, १.४ लिटर डिजल इन्जिन U2 CRDi जसको सर्वाधिक पावर 90ps/4000rpm रहनेछ तथा १.० टर्बो पेट्रोल इन्जिन कप्पा डुअल VTVT टेक्नोलोजि जसको सर्वाधिक पावर 120ps/6000rpm को रहनेछ । हुन्डाई भेन्यूले ७ स्पीड DCT को उपलब्धता पनि प्रदान गर्ने छ ।

बजारमा उपलब्ध अरु गाडीहरुको तुलनामा हुन्डाई भेन्यूले बजारमा आफ्नो दह्रो उपस्थिति जनाउने निश्चित छ । हुन्डाइ भेन्यू स्मार्ट इलेक्ट्रीक सन रुफ, आकर्षक व्रmोमयुक्त फ्रन्ट ग्रील तथा स्पोर्टी रुफ रेल ले सु—सज्जित छ । यसको च्ज्ञट डायमण्ड कट एलोइ पाङ्ग्रा तथा हिल एसिष्ट कन्ट्रोलले नौलौ र उत्साहजनक सवारी अनुभव दिनेछ । भेन्यूमा बत्तीहरुको जडान सुन्दर तथा आधुनिक रुपमा गरिएको छ ः जस अन्तर्गत कर्नरिङ्ग लाइट, प्रोजेक्टर फग लाइट तथा क्रिष्टल इफेकट सहितको लेड लाइट विशेष छन् ।

उत्कृष्ट यात्राको अनुभव गराउन, हुन्डाई भेन्यूमा नवीनतम विशेषताहरु रहेका छन् जस्तै रियोस्टयाट सहितको एड्भान्स सुपरभिजन क्लसटर, ड्राईभर रेर भ्यू मिरर, भेहिकल स्टेबिलिटीे म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल । हुन्डाई भेन्यू एउटा सुरक्षित यात्राको सहयात्री हो । भेन्यूका थप विशेषताहरुमा वाइरलेस फोन चार्जर, क्रुज कन्ट्रोल, टेलेमेटिक्स सहितको २०.३२ सेन्टिमिटरको एच डी डिस्प्ले, एअर प्युरिफायर तथा रिएर ए सि भेन्ट रहेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार १७:१८