१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बालमैत्री स्थानिय शासन बनाउन गाउँपालिकाको प्रतिबद्धता


६ भाद्र, सिन्धुली । तिनपाटन र फिक्क्ल गाउँपालिकालाई बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने प्रतिबद्धता सहित वालमैत्रि स्थानीय शासन सम्बन्धी ३ दिने कार्यशाला सम्पन्न भएको छ । फिक्कल र तिनपाटन गाउँपालिका प्रमुख तथा उपप्रमुख, प्रशासकिय अधिकृत, वार्ड अध्यक्षहरु कार्यपालिका सदस्यहरु स्वास्थ्य, शिक्षा शाखा प्रमुख लगाएत पालिकाका विषय प्रमुख गरि ५५ जनाको सहभागिता रहेको कार्यशालाको आयोजना सिन्धुली एकिकृत विकास सेवा (सिड्स नेपाल) सिन्धुली र सामुदायिक विकास कार्यक्रम, सिन्धुलीले गरेको थियो भने वालमैत्रि स्थानिय शासन राष्ट्रिय मंचको समन्वय फिक्कल र तिनपाटन गाउँपालिकाको सहकार्यमा सम्पन्न कार्यशाला संचालन गर्दै वालमैत्रि स्थानिय शासन प्रवद्र्धन गर्न वल्र्ड भिजन इन्टरनेसनल नेपालले सहयोग पुर्याएको थियो ।

भाद ३ देखि ५ सम्म संचालित कार्यशालाको उद्घाटन सिन्धुली जिल्ला समन्वय समितिको प्रमुख शंकर वर्मा तिवारी ले गर्नुभएको थियो भने अध्यक्षता सिड्स नेपाल सिन्धुलीका अध्यक्ष दीपक कुमार घिमीरेको अध्यक्षता रहेको थियो । तालिममा सामुदायिक विकास कार्यक्रम सिन्धुलीका अध्यक्ष रामधन माझिले स्वागत तथा कार्यक्रमको औचित्यतामाथि सहभागिहरुलाई प्रष्ट्याउनु भएको थियो । बालमैत्री स्थानिय शासनको अवधारणा, बाल अधिकार र सिद्धान्त, संघिय संरचनामा बालमैत्री स्थानिय शासनको सिद्धान्त, घोषणापत्र, प्रतिबद्धता, वालमैत्रिको रणनीती, सुचक योजना तर्जुमा र घोषणाका लागि सरोकारवालाको भुमिकाको सन्दर्भमा बालमैत्री स्थानीय शासन विज्ञ विनोद प्रसाद ढकाल, बालमैत्री स्थानिय शासन राष्ट्रिय मंचका संयोजक तिलोत्तम पौडेल र सदस्य हरिवोल आचार्यले सहजीकरण गर्नुभएको थियो ।


कार्यक्रमको संचालन सिड्स नेपाल सिन्धुलीको कार्यक्रम संयोजक नारायण पाण्डेले गर्नुभएको थियो । उद्घाटन समारोहमा वल्र्ड भिजन इन्टरनेसनल नेपालका बाह्य सम्पर्क विशेषज्ञ मबिन घलेले बालमैत्रि स्थानिय शासन प्रवद्र्धन गर्न निरन्तर सहकार्य गरिराख्ने प्रतिवद्धता समेत ब्यक्त गनुभएको थियो । ३ दिने तालिममा दुई वटा गाउँपालिका प्रमुख ज्यूहरुले नेपाल सरकारको नीति बजेट कार्यक्रम भित्र रहि वालमैत्रि अवलम्बन गर्न अघि बढ्ने् प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो भने जिल्ला समन्वय समिति प्रमुखले सिन्धुली जिल्लालाई नै बालमैत्रि बनाउन सुखि नेपाली समृद्ध नेपाल नारालाई आत्मसाथ गर्दै वालवालिकाको लागि लगानी गर्न समन्वयकारी भुमिका निर्वाह गर्ने बताउनुभएको थियो ।

कार्यशालामा ३ नै दिन दृवै गाउँपालिकाका जनप्रतिनीधिहरुको महत्वपुर्ण उपस्थिती रहेको थियो । कार्यशालाभर हालसम्म गाउँपालिकाहरुले बालमैत्री स्थानिय शासन अवलम्बन गर्न गरेका प्रयासहरु र गर्नका लागि अन्य संस्थाहरुले गर्दै आएका सहयोगहरुको बारेमा चर्चा परिचर्चा समेत भएको थियो । यसैविच कार्यशालाका अन्तिम सत्रमा दुवै गाउँपालिकाहरुले बालमैत्री स्थानिय शासन अवलम्बन र यसका सबै सुचकहरु पुरा गर्नका लागि पहलकदमी स्वरुप कार्ययोजना समेत निर्माण गरेका छन् ।

फिक्कल गाउँपालिकाले सबैलाई यसबारेमा सुसुचित गर्दै आगामाी भदौ २०७७ भित्र बालमैत्री स्थानिय शासन घोषणा गर्नेगरि काम गर्नेछौं र तोकिएको समयमा नै बालमैत्री स्थानिय शासन घोषणा गर्नेछौं भनि हस्ताक्षर सहित लिखित प्रतिबद्धता ब्यक्त गरेका छन् जसमा सबै कार्यपालिकाले नै हस्ताक्षर गरेको थियो । त्यस्तैगरिी तिनपाटन गाउँपालिकाले बालमैत्रि स्थानिय शासन बनाउन आजैबाट काम शुरु गर्ने र भदौ २०७८ भित्र सिंगो गाउँपालिका नै बालमैत्रि स्थानिय शासन घोषणा गर्ने भनि हस्ताक्षर सहित लिखित प्रतिबद्धता जनाएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार १२:२०