१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समूहका नवलपरासी जिल्ला जनसरकार प्रमुख प्रेम ढकाल पक्राउ


६ भदाै, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नवलपरासी जिल्ला जनसरकार प्रमुख प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् । प्रहरीले ढकाललाइ गएराति सुनवल नगरपालिका–१३ बडेरास्थित घरबाटै पक्राउ गरेको डिएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

उनले पक्राउ परेका ढकाललाई जिल्ला प्रहरी कार्यलयमा राखी आवश्यक अनुसन्धान थालिएको बताए । ढकाल भन्दा अघि नै पश्चिम नवलपरासीमा विप्लव समूहका अधिकांश नेताहरू यसअघि नै पक्राउ परिसकेका छन् । विप्लव समूहका जिल्ला इन्चार्ज सुमन ज्ञवाली पक्राउ परेर कारागारमा रहेका छन ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार ०८:४८