१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

उत्तरकोरियाले आजदेखि थप मिसाइल परीक्षण नगर्ने


८ बैशाख, काठमाडौँ । उत्तरकोरियाले थप परमाणु मिसाइल परीक्षण नगर्ने भएको छ । उत्तरकोरियाका नेता किम जोङ्ग उनले अब थप परमाणु मिसाइल परीक्षण गर्नु आवश्यक नरहेको बताएका हुन । उत्तरका सरकारी मिडियाहरुलाई उद्धृत गर्दै दक्षिण कोरियाको समाचार एजेन्सीले उनले थप परमाणु मिसाइल परीक्षणको आवश्यकता नरहेको बताएको उल्लेख गरेको छ ।

समाचार अनुसार २१ अप्रिलदेखि उत्तर कोरियाले परमाणु मिसाइल र अन्तरमहाद्विपीय ब्यालेस्टिक मिसाइल परीक्षण रोक्नेछ । उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको बैठकपछि यस्तो निर्णय लिइएको हो ।

प्रकाशित मिति : ८ बैशाख २०७५, शनिबार ०७:४०