४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

एक वर्षमा डेढ करोड राजश्व सङ्कलन


५ भदाै, इनरूवा । एक वर्षको अवधिमा नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रले करिव रु डेढ करोड राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा रु एक करोड ४५ लाख ५१ हजार ४० राजश्व सङ्कलन भएको केन्द्रका प्रमुख ई सञ्जीवकुमार साहले बताउनुभयो । सो अवधिमा काटिएका विद्युत लाइन, कालो सूची, हुकिङ र मिटर चुहावटमा गरिएको कार्वाहीमा सो रकम सङ्कलन भएको थियो ।

आव २०७५÷७६ मा तोकिएको समयभित्र बिलबमोजिम भुत्तानी नदिने ६११ को लाइन काटिएकामा ५९७ जनाबाट रु एक करोड २६ लाख ६० हजार ९८० असुल गरिएको थियो भने कालोसूचीमा परेका १५२ मध्ये छ जनाले मात्र रू चार लाख आठ हजार ७६९ जरिवाना बुझाएका थिए । यसैगरी ५०२स्थानका हुकिङ हटाएइनाका साथै गरिएको कार्बाहीमा रु ११ लाख १४ हजार ५६ राजश्व असुुल भएको केन्द्रका प्रमुख साहले बताउनुभयो । मिटर चुहावट असुली रकम भने रू तीन लाख ६७ हजार २३५ पुगेको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार १५:२९