८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नुवाकोट बेलकोटगढीका प्रकाश तामाङ भालुको आक्रमणमा परी गम्भीर घाइते


४ भदाै, काठमाडाैँ । नुवाकोटका एक युवा भालुको आक्रमणबाट गम्भीर घाइते भएका छन । जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ११ मजुवाका १६ वर्षीय प्रकाश तामाङ भालुको आक्रमणबाट गम्भीर घाइते भएका हुन । भालुको आक्रमणमा परी गम्भीर घाइते भएका उनको बुधबार नुवाकोटबाट काठमाडौँ लयाइ महाराजगञ्जमा रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार सुरू भएको छ ।

उनको अवस्था खतरामुक्त रहेपनि उपचार जटिल रहेको चिकित्सकले बतएका छन । घाइते भेट्न शिक्षण अस्पताल पुगेका नेकपाका नेता नवराज तिवारीले जनताले पटक पटक जंगली जनावरको कारण दुःख पाइरहेको भन्दै यसको स्थायी समाधानका लागि सरकारले ध्यान दिनुपर्ने बताए । उनले उपचारका निम्ति सरकारले नै सहयोग गर्नुपर्ने भन्दै आफूले समेत पहल गर्ने बताए । दिउँसो बारीमा घाँस काट्न गएका बेला तामाङ भालुको आक्रमणमा परेका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार २१:३४