१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

पक्राउ परेका १४ जना रवि लामिछानेका समर्थकविरुद्ध मुद्दा दर्ता


४ भदौ, चितवन । टेलिभिजनकर्मी रवि लामिछानेको पक्षमा प्रर्दशनमा उत्रिएका  १४ जना प्रर्दशनकारीविरुद्ध  मुद्दा दर्ता भएकाे छ ।प्रदर्शनलाई भड्काउन खोज्ने, प्रहरीमाथि नै जाइलाग्ने र भिडलाई उत्तेजित पार्ने कार्य गरेको हुनाले उनीहरुलाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले बताए ।

शालिकराम पुडासैनीले झुण्डिएर आत्महत्या गरेपछि लामिछानेसहित अन्य दुई जनालाई चितवन प्रहरीले गत साउन ३० गते राति पक्राउ गरेको थियो । पुडासैनी आत्महत्या प्रकरणमा पत्रकार रवि लामिछानेलाई फसाउन खोजिएको आशंकामा साउन ३१ गतेदेखि नै भरतपुर क्षेत्रमा प्रदर्शन भएको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार १९:१९