१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

प्रधानमन्त्री ओली र भारतीय विदेश मन्त्री जयशंकरबीच शिष्टाचार भेटवार्ता


४ भदौ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश मन्त्री सुब्रमण्यम जयशंकरबीच भेटवार्ता भएको छ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै काठमाडाै आएका भारतीय विदेश मन्त्री जयंशकरले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत भेटवार्ताका क्रममा उपस्थित भएका थिए ।

संयुक्त आयोगको बैठकमा बुधबार नेपाल भारत दुईपक्षीय सहयोग आदान प्रदानको साथै विभिन्न एजेण्डामा सहमति सहित हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । जयशंकरले शुक्रबार बिहान साढे १० बजे राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने र अपरान्ह साढे ३ बजे दिल्ली फर्कने कार्यक्रम रहेकाे छ । विदेश मन्त्री जयशंकरको यो भ्रमण विदेश मन्त्री भएपछिको पहिलो नेपाल भ्रमण हो ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार १६:०७