७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

ऋतिक रोशनकाे कारण चर्चित बनिन् समिरा रेड्डी


४ भदाै, काठमाडाै । बलिउड नायिका समिरा रेड्डी चर्चित हुनुमा नायक ऋतिक रोशनकाे हात रहेकाे खुलेकाे छ ।  रेड्डी केही समय अघि छोरीकाे आमा बनेकी छिन् ।  उनले आफ्नो मातृत्व सुख दोस्रो पटक अनुभव गरेकी छिन् । एक च्याट शोमा समिरा रेड्डीले आफू पहिला भक्भकाउने गरेको जानकारी दिइन् । आफूले स्पिच डिसअर्डरको सामना गरेको र यो समस्यासँग जुध्नका लागि उनलाई ऋतिक रोशनले मद्दत गरेको बताइन् ।

समिराले भनिन्, ‘म भक्भकाउने भएकाले म अरु व्यक्तिको अगाडि बोल्न डराउँथे । अडिसनका लागि जब जाँदै थिएँ तब मानिसहरुले मलाई जज गर्ने हुन् कि भन्ने डर थियो । यो किताबले मलाई आफ्नो डरमाथि नियन्त्रण पाउन मद्दत गर्यो । बिस्तारै मैले आफ्नो बोलीमा परिवर्तन भइरहेको महसुस गरेँ । मैले एक स्पिच थेरापिस्टलाई पनि भेटेँ र आफ्नो स्पिचमा काम गर्न सुरु गरेँ । ‘ऋतिकलाई त्यो किताबका लागि जति पटक धन्यवाद दिएपनि कम हुन्छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार १७:२२