१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रहरीका सामू रवि लामिछानेको झुटो वयान, अस्मिता कार्कीको अपहरणको मुद्दा समेत चल्न सक्ने


३ भदाै, काठमाडाैँ । शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्त एवं टेलिभिजन प्रस्तोता रवि लामिछानेले हिरासतमा झुटैझुटको फेहरिस्त प्रस्तुत गरेका छन । चितवन प्रहरी स्रोतका अनुसार उनले सोमबार ३ घण्टा दिएको वयानमा अभियोगबाट बच्नका निम्ति अनेक झुट बोलेका हुन । रविले शालिकराम पुडासैनीको भिडियो आफूले नहेरेको र चिन्दै नचिनेको भनेर फेसबुक लाइभमा आफैँले उल्लेख गरेकी युवती अस्मिता भन्ने रूकु कार्कीको अपहरण नगरेको दाबी गरेका छन । उनले वयानकाक्रममा शालिकरामको आत्महत्याको कुनै भिडियो आफूले नहेरेको बताएका छन ।

शालिकरामको भिडियो बाहिरिएको दोस्रो दिननै रविको टिमले रूकु कार्कीको अपहरण गरी अन्तर्वार्ता लिएको थियो । जुनकुरा कार्कीले प्रहरीसँगको वयानमा समेत बताइसकेकी छिन । त्यहीक्रममा प्रहरीले कार्की, लामिछाने र युवराज कडेँललाइ पक्राउ गरेको थियो । रवि स्वयंले एउटा भिडियो लाइभमा उनीहरूले अस्मिताको सन्दर्भ कोट्याए पनि उनी को हो भन्ने बारेमा धेरै खोज्दा पनि जानकारी नभएको भन्दै आफ्नो गलत काम ढाकछोपको कोशिश गरेका थिए ।

तलको लिंकमा रविकै आवाजमा उनले भनेका विषय सुन्न सक्नुहुन्छ ।

प्रहरीले तीनै जनाको वयान लिने काम गरिरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले समेत घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको छ । पुडासैनीको सुसाइट भिडियोमा रवि, कार्की र कडेँलका कारण मर्न बाध्य भएको बताएका थिए । प्रहरीले तीनै जनाको कल डिटेल, म्यासेज लगाएतका विषयमा समेत सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको छ । रविले भिडियो नहेरेको बताएपनि भिडियो हेरेलगत्तै उनले सामाजिक सञ्जालमा दिएको प्रतिक्रिया यस्तो रहेको छ ।

यता शालिकरामकी श्रीमति सम्झना घिमिरेले रवि लामिछाने, युवराज कडेँल र रूकु कार्कीले टर्चर दिएर आफ्नो श्रीमानलाइ आत्महत्या गर्न बाध्य पारेको भन्दै महानगरीय प्रहरी परिसर टेकुमा किटानी जाहेरी दिएकी थिइन ।

प्रहरीले यही प्रकरणमा जोडेर रविलाइ अस्मिता भनिने रूकु कार्कीको अपहरणको मुद्दा समेत लगाउने गरी अनुसन्धान गरिरहेको स्रोतले बताएको छ । मंगलबारमात्र चितवन जिल्ला अदालतले तीनै जना अभियुक्तलाइ अझै पाँच दिनसम्म प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलवार २२:२५