७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

पत्रकार पुडासैनीकाे आत्महत्या प्रकरणः यस्ताे आयाे पाेस्टमार्टम रिपाेर्ट


३ भदाै, चितवन । नुवाकाेटका पत्रकार शालिकराम पुडासैनीले झुण्डिएरै आत्महत्या गरेकाे प्रमाणित भएकाे छ । माउण्टेन टेलिभिजनमा  कार्यरत पुडासैनीको झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले जनाएको छ । पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख भएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

पोस्टमार्टम रिपोर्ट आएको र मंगलबार सम्पूर्ण रिपोर्ट लिएर म्याद थपका लागि अदालतमा पेस गर्ने जनाउँदै रिपोर्टमा आफुहरूले पहिले जे आशंका गरेकाे  त्यही नै  उल्लेख भएकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले जनाए । पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा भएको आवाज उनकै भएको फरेन्सिक ल्याब परीक्षणबाट पुष्टि भएको छ ।

उनको मोबाइलमा विभिन्न पाँचवटा लामा र छोटा भिडियो क्लिप रहेको स्रोतले जनाएको छ । फरक–फरक भिडियो क्लिप भएकै कारणले पुडासैनीको आवाज फरक सुनिनुका साथै हाउभाउ पनि फरक देखिएको तथा एक अवस्थामा सिरानी रहेको र अर्को अवस्थामा सिरानी नरहेकोजस्तो फरक दृश्य देखिएको अनुसन्धानले देखाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलवार १४:३५